.

इजरायलद्वारा गाजामाथिको आक्रमण तीव्र, हिजोको हमलामा ५१ जनाको मृत्यु

इजरायलले गाजामाथि हिजो गरेको आक्रमणमा कम्तीमा ५१ जनाको ज्यान गएको छ । तीमध्ये २७ जना गाजा सिटीमै मारिएका छन् भने २४ जना राहतको खोजीमा रहेका नागरिक मारिएको अल जजिराले जनाएको छ  ।


इजरायली सेनाले गाजा सिटीका जैतुन र सब्रा क्षेत्रमा आक्रमणलाई अझ बढाउँदै शहर नियन्त्रणमा लिएर नागरिकलाई दक्षिणतर्फ धकेल्ने योजना अघि बढाएको छ । डेइर अल–बलाहमा सहायता वितरणमा संलग्न समूहमाथि भएको आक्रमणमा तीन जनाको ज्यान गएको छ भने अल–करामे क्षेत्रमा दुई जनाको ज्यान गएको छ ।


यसैबीच गाजामा भइरहेको मानवीय सङ्कटबारे छलफल गर्न अरब र इस्लामिक देशहरुको सङ्गठन ‘अर्गनाइजेशन अफ इस्लामिक कोअपरेशन’ को आकस्मिक बैठक साउदी अरबमा बसेको छ । संयुक्त राष्ट्रसङ्घीय राहत संस्थाका प्रमुख फिलिप लाज्जारिनीले गाजामा भोकमरीको अवस्था अत्यन्तै गम्भिर भइसकेको बताउँदै अहिलेको अवस्था सबै किसिमको नर्क भएको टिप्पणी गर्नुभएको खबरमा उल्लेख छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया