.

देशभर नयाँ सवारी साधनको दर्ता रोक्का

देशभर नयाँ सवारी साधनको दर्ता रोक्का भएको छ । पूर्वाधार विकास मन्त्रालय अन्तर्गतको यातायात व्यवस्था विभागले देशभर नयाँ सवारी साधनको दर्ता रोक्का गरेको हो ।

सार्वजनिक यातायातको वैज्ञानिक व्यवस्थापन हुन नसकेका कारण वायु प्रदूषण, सवारीको चाप र ट्राफिक जाम बढ्न गई आवागमनमा कठिनाई उत्पन्न भएको साथै इन्धनको बढ्दो मूल्यका कारण सार्वजनिक यातायातमा पर्न गएको असहजता र कठिनाईलाई मध्यनजर गर्दै नयाँ सवारी साधनको दर्ता रोक्का गरिएको जनाइएको छ ।

विभागका निर्देशक मणिराम भुसालले जेठ ७ गते जारी गरेको परिपत्र सात वटै प्रदेशका सम्बन्धित मन्त्रालय (भौतिक पूर्वाधार, श्रम तथा यातायात व्यवस्था मन्त्रालयहरू) र देशैभरिका सबै स्थानीय तहलाई पठाइएको छ ।

विभागले जारी गरेको पत्रमा इन्धनबाट चल्ने मात्र नभई ‘इलेक्ट्रिक (विद्युतीय) सार्वजनिक सवारी साधन’ को समेत नयाँ दर्ता रोक्न स्पष्ट निर्देशन दिइएको छ । 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया