प्रधानमन्त्री वालेन्द्र शाहको संसदमा उपस्थितिको विषयलाई लिएर विपक्षी दलहरूले अवरोध गरेपछि प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित भएको छ।
तर, प्रधानमन्त्री जवाफ दिन नआएपछि विपक्षी दलका सांसदहरूले सदनमा अवरोध गरे। बैठकका कामकारवाही अघि बढ्न नदिएपछि सभामुखले १५ मिनेटका लागि बैठक स्थगित गरेको जानकारी गराएका छन्। ।
अवरोधका बीच विपक्षी दलका सांसदहरूले प्रधानमन्त्री शाहको राजीनामाको माग समेत गरेका छन्। ।
आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि उठेका प्रश्नहरूको जवाफ दिन प्रधानमन्त्री बालेन शाह संसद्मा उपस्थित नभएपछि श्रम संस्कृति पार्टीका सांसदहरूले बैठक बहिष्कार गरेका छन् ।
पार्टीका अध्यक्ष हर्क साम्पाङसहितका सांसदहरूले प्रधानमन्त्रीको अनुपस्थितिलाई लिएर कडा आपत्ति जनाउँदै बैठक कक्षबाट बाहिरिएका हुन् । नीति तथा कार्यक्रम जस्तो महत्त्वपूर्ण विषयमा प्रधानमन्त्री स्वयं उपस्थित भएर जवाफ दिनुपर्नेमा उनको सट्टा अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले जवाफ दिन लागेपछि विपक्षी दलहरू रुष्ट बनेका हुन् ।
बैठक बहिष्कार गर्दै बाहिरिने क्रममा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रधानमन्त्रीले संसद्लाई उपेक्षा गरेको आरोप लगाए । उनले भने, ूजनताको प्रतिनिधि संस्था संसद्मा प्रधानमन्त्री स्वयं आएर जवाफ दिनुपर्छ, अरूलाई अघि सारेर जिम्मेवारीबाट पन्छिन पाइँदैन ।ू
यसैबीच, विपक्षी दलहरूले प्रधानमन्त्री बालेन शाहको राजीनामा समेत माग गरेका छन् । नीति तथा कार्यक्रममाथिको छलफलमा प्रधानमन्त्री अनुपस्थित हुनु गैरजिम्मेवारपनको पराकाष्ठा भएको विपक्षीहरूको ठहर छ ।
आजको कार्यसूची अनुसार नीति तथा कार्यक्रममाथि छलफल सुरु हुनुपर्ने थियो । तर, अर्थमन्त्री डा. स्वर्णिम वाग्ले जवाफ दिन रोष्टममा उभिँदै गर्दा विपक्षी सांसदहरूले नाराबाजी गर्दै अवरोध सिर्जना गरेका थिए । विपक्षीको अवरोध र बहिष्कारका कारण संसद् बैठक प्रभावित भएको छ ।