.

तस्करीको पोल खुलेपछि झापाका दुई डिएसपीको मोवाइल गृहमन्त्रीको नियन्त्रणमा

गृहमन्त्री सुदन गुरुङ झापाको काँकडभिट्टा सीमा र भन्सार कार्यालयको निरीक्षण गर्ने क्रममा तस्करी हुने सूचना एक जना महिलाले बताएपछि दुई जना डिएसपी सहित ११ जना प्रहरी अनुसन्धानको दायारामा तानिएका छन् ।

इलाका प्रहरी कार्यालय काँकडभिट्टाका डिएसपी निशेष चापागाईं, बोर्डर आउट पोस्ट (बिओपी) काँकडभिट्टाका डिएसपी विकास थापासहित ११ जनाको मोवाइल नियन्त्रणमा लिएर प्रहरीले अनुसन्धान सुरु गरेको हो ।

सशस्त्रका ६ जना प्रहरी र नेपाल प्रहरीका ५ जना प्रहरीहरुमाथि अनुसन्धान सुरु भएको छ । झापाको विभिन्न नाकाहरुबाट तस्करीको लाइन चलाएको आरोपमा प्रहरीले उनीहरुमाथि अनुसन्धान सुुरु गरिएको हो ।

अनुसन्धानको दायारमा आउनेहरु ६ जना सादा पोशकका प्रहरीहरु समेत रहेका छन् । उनीहरुलाई हेडक्वाटरमा तानेर अनुसन्धान सुरु भएको छ । सशस्त्र प्रहरीको हेडक्वाटरमा भने झापाका तीन जना सशस्त्रका घुमुवाहरुलाई यसअघि नै तानेर अनुसन्धान सुरु भइरहेको छ ।

कोशी प्रदेशमा सशस्त्र प्रहरीको घुमुवा बसेर तस्करीमा संलग्न गिरोहसँग साँठगाँठ गर्दै ‘असुली आतंक’ मच्चाउनेहरुमाथि छानबिन सुरु भएको हो । सशस्त्र प्रहरी बल मुख्यालयले काठमाडौं तानेर तीन जनामाथि छानबिन गरिरहेको छ ।

सशस्त्रको छानबिनमा पर्नेहरुमा सशस्त्र प्रहरीको पकलीस्थित पूर्व क्षेत्रीय अस्पतालमा कार्यरत सई (सशस्त्र प्रहरी नायब निरीक्षक) गणेश खड्का, सशस्त्र प्रहरीको झापास्थित ३८ नम्बर रिजर्भ गणमा कार्यरत हवल्दार हरि मगर र सुनसरीस्थित सशस्त्र प्रहरीको ४ नम्बर गणमा कार्यरत जवान पारस यादव रहेका छन् । त्यसैगरी सशस्त्रका बरिष्ठ हवल्दार श्याम चौधरी र सहयाक हल्वदार नारयण खनाल रहेका छन् ।


तीन जनालाई असार १० गते काठमाडौं तानेर छानबिन एवं आन्तरिक अनुसन्धान सुरु गरिएको सशस्त्र प्रहरी बलका केन्द्रीय प्रवक्ता डीआईजी नेत्रबहादुर कार्कीले बताए । उनीहरुको तस्करको समूहसँग मिलेमतो गरेर आर्थिक लाभ लिएको लगायतका विभिन्न गुनासाहरु आएका थिए ।

पछिल्लो समय सई खड्काले कोशी प्रदेशका सशस्त्र प्रहरी प्रमुख डीआईजी मनिष थापाको घुमुवा बनेर तस्करीमा संलग्न व्यक्तिहरुसँग असुली गर्ने गरेको आरोप लागेको छ । 

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका डिआइजी विनोद घिमिरेले गृहमन्त्रीले झापामा स्थलगत निरीक्षण गर्ने क्रममा केही गनुसोहरु सुन्नुभएपछि थप अनुसन्धान सुरु गरेको बताए । डिएसपी चापागाईंले भने गृहमन्त्रीले आफ्नो मोबाइल नियन्त्रणमा लिएको दाबीलाई अस्वीकार गरेका छन् । 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया