.

श्रमिकको ज्यालावृद्धि गर्न माग गर्दै ट्रेड युनियन कांग्रेस प्रदर्शन

विराटनगर ,३१ असार ।नेपाल ट्रेड युनियन कांग्रेसले श्रमिकलाई जिउन पुग्ने गरीको ज्याला वृद्धि गर्नुपर्ने माग गर्दै प्रदर्शन गरेको छ।आइतबार काठमाडौँको माइतीघरमा भेला भई सत्तारुढ दल नेपाली कांग्रेसको संगठन नेपाल ट्रेड युनियन कांग्रेसले दबाबमूलक प्रदर्शन गरेको हो।

हरेक दुई वर्षमा श्रमिकहरुको पारिश्रमिक बढाइने र सोहीअनुसार काम अहिले अघि बढिरहे पनि सरकारलाई खबरदारी गर्न दबाबमूलक कार्यक्रम गरेको ट्रेड युनियन कांग्रेसका अध्यक्ष योगेन्द्रकुमार कुँवरले बताए। उनले यो कार्यक्रममा एक हप्ता यता निरन्तर चलिरहेको बताए।

उनले सरकारलाई श्रमिकहरुको न्यूनतम पारिश्रमिक कम्तिमा २५ हजार बनाउनका लागि स्थानीय तह र प्रदेश सरकारमा ज्ञापनपत्र बुझाइसकिएको र आज केन्द्र सरकारको पनि ध्यानाकर्षण गराउने बताए।




यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया