.

कोसी प्रदेश सरकारविरुद्धको रिट , सुस्मलता माथेमा र तीलप्रसाद श्रेष्ठको इजलासमा सुनुवाइ सुरु

विराटनगर ,८ साउन ।कोसी प्रदेश सरकारविरुद्ध नेकपा (एमाले)का तर्फबाट दायर रिटको सुनुवाइ सर्वाेच्च अदालतका न्यायाधीशद्वय सुस्मलता माथेमा र तिलप्रसाद श्रेष्ठको इजलासमा परेको छ ।गत असार २२ मा एमाले कोसी प्रदेशसभा संसदीय दलका नेता हिक्मतकुमार कार्कीले सभामुखको हस्ताक्षरसँगै नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापा नेतृत्वको वर्तमान सरकार अवैध भएको भन्दै वर्तमान सरकारलाई अवैध घोषणा गरी पुरानै सरकार कायम गर्ने गरी रिट दायर गरेका थिए । सो रिटमा असार २७ मा न्यायाधीश सपना प्रधान मल्लको इजलासले थापा नेतृत्वको सरकार कायम रहेको ठहर गर्दै दीर्घकालीन असर गर्ने निर्णय नगर्न आदेश जारी गरी निरन्तर सुनुवाइको मिति तोकेको थियो । प्रधानको इजलासले साउन ७ गतेका लागि निरन्तर सुनुवाइको मिति तोकेकोमा आइतबार हेर्न नमिल्ने सूचीमा परेका थियो । त्यही कारण आजदेखि सुनुवाइ सुरु भएको हो । प्रधानको इजलासले साउन ७ गतेका लागि निरन्तर सुनुवाइको मिति तोकेको थियो । ्हिजो न्यायाधीशद्वय कुमार रेग्मी र नहकुल सुवेदीको इजलासमा परेको कोसी प्रदेश सरकारविरुद्धको रिट हेर्न नमिल्ने सूचीमा परेका थियो । न्यायाधीश रेग्मी र कोसी प्रदेश एमाले संसदीय दलका नेता कार्की सहपाठी भएका कारण न्यायाधीश रेग्मीले हेर्न नमिल्ने बताएपछि आइतबार हेर्न नमिल्ने सूचीमा राखिएको थियो । आजदेखि भने निरन्तर सुनुवाइ हुने बताइएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया