.

समयसीमाअघि नै बन्यो रतुवामाथि झोलुंगे पुल, मिर्चाडाँगीका बासिन्दाको सास्ती अन्त्य

मोरङको रतुवामाई नगरपालिका–३ स्थित मिर्चाडाँगी गाउँलाई जोड्ने रतुवा खोलामाथिको झोलुंगे पुल (ट्रेलब्रिज) निर्माण सम्पन्न भएपछि स्थानीय बासिन्दामा खुसी छाएको छ ।

वर्षौंदेखि जोखिम मोलेर खोला तर्नुपर्ने बाध्यता अन्त्य भएसँगै स्थानीयले पुललाई गाउँको जीवनशैली नै परिवर्तन गर्ने पूर्वाधारका रूपमा लिएका छन् । नेपाल सरकारको सहरी विकास मन्त्रालयअन्तर्गत स्थानीय पूर्वाधार विकास विभागले निर्माण गरेको ‘मिर्चाडाँगी–महादेवा मल्टिस्प्यान ट्रेलब्रिज’ अहिले स्थानीयको मुख्य आवतजावतको माध्यम बनेको छ ।

करिब ७४७ मिटर लम्बाइको उक्त पुल पूर्वी तराई क्षेत्रकै लामो झोलुंगे पुलमध्ये एक मानिएको छ । पुल सञ्चालनमा आएपछि विशेष गरी विद्यार्थी, किसान, ज्यालादारी कामदार तथा दैनिक रूपमा खोला पार गर्नुपर्ने स्थानीयले ठूलो राहत महसुस गरेका छन् ।

तर, अहिले पुल निर्माण सम्पन्न भएसँगै त्यो समस्या हटेको छ । अब विद्यार्थीहरू मौसमको जोखिमबिना नियमित विद्यालय जान थालेका छन् । स्थानीय अभिभावकहरूका अनुसार पुल बनेपछि बालबालिकाको पढाइमा निरन्तरता आएको छ भने विद्यालय छाड्ने जोखिम पनि कम भएको छ ।

पुल निर्माणसँगै स्थानीय कृषि उत्पादन ओसारपसारमा समेत सहजता आएको छ । अहिले भने पुल बनेपछि व्यापार–व्यवसाय सञ्चालन र दैनिक उपभोग्य सामग्री ढुवानीमा सहजता आएको स्थानीयको भनाइ छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया