‘जेनजी’ आन्दोलनका क्रममा गत भदौ २४ गते आगजनी भएको विराटनगरस्थित भाटभटेनी सुपरमार्केट आगामी असार २७ गते शनिबारदेखि पुनः सञ्चालनमा आउने भएको छ । भाटभटेनीकी निर्देशक सावित्री घले गुरुङले पुनर्निर्माणमा अहोरात्र खटिएका करिब ३०० मजदुरलाई नगदसहित सम्मान गरेकी थिइन् ।
जेनजी आन्दोलनका क्रममा भाटभटेनीका देशभर रहेका २८ मध्ये १२ शाखा जलेर नष्ट भएका थिए, जसमध्ये विराटनगर पुनः सञ्चालनमा आउन लागेको आठौँ स्टोर हो ।
१० महिनाअघि भएको आगजनीबाट भाटभटेनीले करिब १० अर्ब ८५ करोड रुपैयाँको क्षति बेहोरेको थियो । हाल अत्याधुनिक सुरक्षा मापदण्ड र नयाँ डिजाइनसहित स्टोरलाई पुनर्निर्माण गरिएको छ । विराटनगरपछि झापाको बिर्तामोड र धरानको शाखा पनि छिट्टै सञ्चालनमा ल्याउने तयारी छ ।