.

विराटनगरको केशव धाममा १ जना मृत फेला

विराटनगर महानगरपालिका–७ स्थित हिन्दू स्वयंसेवक संघ नेपाल (केशव धाम)को भवनमा एक युवक मृत अवस्थामा फेला परेका छन् ।

रामेछापको मन्थली नगरपालिका–मुनिटार घर भई सोही धाममा सवारी चालकका रूपमा कार्यरत २५ वर्षीय हरिकृष्ण खत्री चौथो तल्लामा आफू बस्ने कोठामा मृत भेटिएका हुन् । मंगलबार बिहान खत्री आफ्नै कोठाको पर्दा झुन्ड्याउने रडमा पर्दाको पासो लगाएको अवस्थामा मृत फेला परेको प्रहरीले जनाएको छ ।

खत्रीको मृत्युको कारण स्पष्ट हुन सकिरहेको छैन । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया