.

मोरङमा १० लाखभन्दा बढीको सामान बरामद, कपडा, किराना सामानको

सशस्त्र प्रहरीले मोरङमा भारतबाट भन्सार छली अवैध रूपमा नेपाल भित्र्याइएका लत्ताकपडा, किराना सामान तथा पशुचौपायासहित १० लाख १५ हजार ६ सय ७९ रुपैयाँ बराबरको सामान बरामद गरेको छ।सशस्त्र प्रहरी बल नेपाल नं. ३ गण हेडक्वार्टर कंकालिनी मोरङबाट खटिएको टोलीले भारतबाट अवैध रूपमा ल्याउँदै गरेको अवस्थामा प्रदेश १–०२–००२ ह ९६८१ नम्बरको अटो नियन्त्रणमा लिएको हो।

अटोमा लत्ताकपडा र किराना सामान रहेको प्रहरीले जनाएको छ। बरामद सामानको भन्सार मूल्य ५ लाख ७४ हजार ४ सय ७९ रुपैयाँ रहेको छ। अटोको भन्सार मूल्य ४ लाख रुपैयाँसमेत जोड्दा ९ लाख ७४ हजार ४ सय ७९ रुपैयाँ बराबरको सामान तथा सवारीसाधन भन्सार कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ।

यसैगरी सशस्त्र प्रहरी बल नेपाल बीओपी डोरियाबाट एउटा गाई र एउटा बाछासमेत नियन्त्रणमा लिइएको छ। मातहतका अन्य कार्यालयबाट पनि किराना सामान बरामद गरी आवश्यक कारबाहीका लागि भन्सार कार्यालयमा दाखिला गरिएको प्रहरीले जनाएको छ।

पशुचौपाया र अन्य बरामद सामानसमेत जोड्दा नियन्त्रणमा लिइएका वस्तुको कुल भन्सार मूल्य १० लाख १५ हजार ६ सय ७९ रुपैयाँ पुगेको सशस्त्र प्रहरीले जनाएको छ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया