.

अझै केही दिन देशका सबैजसो ठाउँमा वर्षा र बदली कायमै रहने

केही दिन देशका सबैजसो ठाउँमा बदली, वर्षा र हिमपातको सम्भावना कायमै रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।


महाशाखाका मौसमविद् डेभिड ढकालका अनुसार देशका सबैजसो भूभागमा वर्षा र बदली कायमै रहने भए पनि कोशी, बागमती र गण्डकी प्रदेशका धेरै ठाउँमा पानी पर्ने अनुमान छ । अबको तीन दिनसम्म नै देशैभर हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविद् ढकालले बताउनुभयो । प्रि–मनसुनको समय भएकाले तत्कालका लागि अबको तीनै दिन वर्षा र बदली कायमै रहने र त्यसपछि पनि पानी परिरहने उहाँको भनाइ छ ।


काठमाडौं उपत्यकासहित देशका मध्य र पूर्वी भेगका केही ठाउँमा आज बिहानपख पानी परेको छ । आज कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू–भागका केही ठाउँहरूमा तथा बाँकी हिमाली र पहाडी भू–भागका थोरै ठाउँहरूमा तथा मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भू–भागका एकरदुई ठाउँमा मध्यम वर्षा र उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया