.

सरकारले तोक्यो रोपाइँ नसकिँदै धानको समर्थन मूल्य

विराटनगर,२७ असार ।सरकारले यसपटक धानको समर्थन मूल्य रोपाइँ नसकिँदै तोकेको छ । मंगलवार बसेको मन्त्रिपरिषद् बैठकले धानको समर्थन मूल्य तोकेको सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन् ।कृषि मन्त्रालयको प्रस्तावमा धानको समर्थन मूल्य तोकिएको हो ।शर्माका अनुसार मोटा धानको प्रतिक्विन्टल ३ हजार १९८ र मध्यम धानको प्रतिक्वीन्टल ३ हजार ३ ६२ रुपैयाँ समर्थन मूल्य तोकिएको छ ।अहिले तोकिएको मुल्य पहिलाभन्दा साढे २०० रुपैयाँले बढी हो । सरकारले किसानले रोपाइँ नसक्दै धानको मूल्य तोकेको छ ।‘संरक्षित कृषि,सुनिश्चित बचत’ भन्ने नीतिअन्तर्गत मन्त्रालयका प्राविधिकले निकालेको धान उत्पादनको लागतमा किसानले घरबाट बजारसम्म ढुवानी गर्न लाग्ने खर्च १० प्रतिशत र बाँकी २० प्रतिशत मुनाफा सुनिश्चित गरेर मूल्य सिफारिस गरिएको कृषि मन्त्री घनश्याम भुसालले जानकारी दिए ।कृषि मन्त्रालयको सिफारिसमा उद्योग मन्त्रालयले गत बिहीबार धानको प्रस्तावित समर्थन मूल्य मन्त्रिपरिषदमा पेश गरेको थियो ।

चैते धान भत्राउने तथा बर्खे धान रोप्ने बेलामा नेपालमा पहिलो पटक धानको मूल्य निर्धारण भएको मन्त्रालयले जनाएको छ ।

चालु आर्थिक वर्षका लागि भने सरकारले मोटा धान प्रतिक्विन्टल २५ सय ३१ रुपैयाँ २२ पैसा र मध्यम धानको मूल्य प्रतिक्विन्टल २६ सय ७३ रुपैयाँ १६ पैसा तोकेको थियो ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया