.

भोली श्रावण १ गते देखी कुन बैंकले कति दिन्छन ब्याजदर

विराटनगर ,३१ असार । वाणिज्य बैंकहरुले नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । बैंकहरुले आगामी साउन महिनामा लागू हुने नयाँ ब्याजदर प्रकाशन गरेका हुन् । नेपाल बैंकर्स संघको निर्णयअनुसार आगामी साउन महिनाका लागि वाणिज्य बैंकहरुले आ–आफ्नो अनुकल ब्याजर निर्धारण गरेका छन् । साउन महिनाका लागि केही बैंकहरुले ब्याजदर बढाएका छन् भने केहीले घटाएर प्रकाशन गरेका छन् । साउन महिनाका लागि बैंकहरुले औसत ब्याजदर ९।७२ प्रतिशत कायम गरेका छन् ।

बैंकहरुले प्रकाशन गरेको ब्याजदर अनुसार सबैभन्दा धेरे एनएमबि बैंकको छ । बैंकले मुद्दति निक्षेपमा १०।९८ प्रतिशतसम्म ब्याजदर दिने भएको हो । यद्यपि, यो भने १० वर्षभन्दा माथि अवधिको मुद्दति निक्षेपको ब्याजदर हो । सो अवधि भन्दा तलको निक्षेपमा भने बैंकले ९।७५ प्रतिशत ब्याजदर निर्धारण गरेको छ ।यस्तै, दोस्रो स्थानमा भनेको प्राइम कमर्सियल बैंक रहेको छ । बैंकले मुद्दति निक्षेपमा अधिकतम १०।९३ प्रतिशत ब्याजदर दिने भएको छ । तेस्रो स्थानमा रहेको नबिल बैंकले भने १०।४९ प्रतिशत ब्याजदर तोकेको छ । तर, सबैभनदा कम स्ट्याण्डर्ड चार्टर्डको छ । बैंकले मुद्दति निक्षेपमा ८।९५ प्रतिशत ब्याजदर तोकेको छ । यस्तै, कुमारी बैंकले १०।०१ प्रतिशत ब्याजदर तोकेको छ ।

त्यसैगरि हिमालयन बैंक, ग्लोबल आइएमई नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, सिटिजन्स बैंक, लक्ष्मी सनराइज बैंकले मुद्दति निक्षेमा एउटै ब्याजदर अर्थात ९।९९ प्रतिशत तोकेका छन् । यता, कृषि विकास बैंकले ९।५१ प्रतिशत, सिद्धार्थ बैंकले ९।५० प्रतिशत, प्रभुले ९।५० प्रतिशत र एभरेष्ट बैंकले १०ल प्रतिशत ब्याजदर निर्धारण गरेको छ । आगामी साउनमा सानिमा बैंकले मुद्दति निक्षेपको ब्याजदर ९।२५ प्रतिशत, नेपाल एसबिआईले ९।१० प्रतिशत, माछापुच्छ्रेले ९ प्रतिशत, राष्ट्रिय वाणिज्य बैंकले ८।९९ प्रतिशत, नेपाल बैंकले ८।९९ प्रतिशत ब्याजदर निर्धारण गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया