मोरङ जिल्लामा सवारी दुर्घटना न्यूनीकरण तथा ट्राफिक व्यवस्थापन अभियानअन्तर्गत विभिन्न स्थानमा जेब्रा क्रसिङ निर्माण गरिएको छ ।
इलाका प्रहरी कार्यालय नेमुवा र इलाका प्रहरी कार्यालय हरैचाले ट्राफिक प्रहरी तथा स्थानीय निकायसँगको संयुक्त पहलमा बुढीगंगा गाउँपालिका–४ र ग्रामथान गाउँपालिका–७ हरैचामा जेब्रा क्रसिङ निर्माण गरेका हुन् ।सवारी दुर्घटना न्यूनीकरण गर्दै पैदल यात्रुको सुरक्षालाई प्राथमिकता दिने उद्देश्यले अभियान सञ्चालन गरिएको प्रहरीले जनाएको छ ।
स्थानीय तह, ट्राफिक प्रहरी र जनप्रतिनिधिको सहकार्यमा सडक सुरक्षा सचेतना तथा ट्राफिक व्यवस्थापनलाई प्रभावकारी बनाउने कार्यलाई निरन्तरता दिइने समेत बताइएको छ ।