.

विराटनगरमा १ पुरुष मृत अवस्थामा फेला

विराटनगर महानगरपालिका–१४ स्थित सिंघिया खोलाको झोलुङ्गे पुलमा आज आइतबार बिहान १ जना पुरुष मृत अवस्थामा फेला परेका छन्।


प्रहरीका अनुसार मृत्यु हुनेमा विराटनगर–८ बस्ने करिब ४१ वर्षीय सुजित कुमार सिंह छन्।

बिहान साढे १० बजेतिर सिंह पुलमाथि मृत अवस्थामा रहेको स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए। जतुवास्थित सिआरभी पोस्टबाट प्रहरी टोली घटनास्थल पुगेर क्षेत्रलाई सुरक्षित राखेको छ।


घटनाको थप अनुसन्धान र कानुनी प्रक्रियाका लागि इलाका प्रहरी कार्यालय रानीबाट प्रहरी निरीक्षक कबिन राईको नेतृत्वमा टोली खटिएको छ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया