.

मोरङको जहदा–१ मा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

मोरङको जहदा गाउँपालिका–१ भुटाहामा आइतबार साँझ एक भारतीय नम्बर प्लेटको मोटरसाइकल दुर्घटनामा परेर चालकको घटनास्थलमै मृत्यु भएको छ ।प्रहरीका अनुसार बुधनगरबाट जहदातर्फ जाँदै गरेको बीआर ३८ के २८५० नम्बरको मोटरसाइकल अनियन्त्रित भएर करिब दुई मिटर तल कल्भर्टमा खसेको थियो ।

दुर्घटनामा परेका चालक ३५ वर्षीय श्रवण राजवंशी, जो भारतको बिहार निवासी थिए । उहाँको घटनास्थलमै मृत्यु भएको हो । उहाँको शव पोस्टमार्टमका लागि विराटनगरस्थित कोशी अस्पताल पठाइएको छ ।

इलाका प्रहरी कार्यालय रानीका इन्स्पेक्टर कविन राई को नेतृत्वमा खटिएको टोलीले घटनाको थप अनुसन्धान गरिरहेको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया