.

मोरङको बुढीगंगा गाउँपालिकाद्वारा बेरोजगार सूचीमा सूचीकृत हुन आह्वान

मोरङको बुढीगंगा गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३÷०८४ का लागि बेरोजगार सूचीमा सूचीकृत हुन स्थानीय युवाहरूलाई आह्वान गरेको छ। गाउँपालिकाको रोजगार सेवा केन्द्रमार्फत सञ्चालन हुने कार्यक्रमहरूमा सहभागी हुन इच्छुक बेरोजगार व्यक्तिहरूले चैत ३० गतेभित्र आवेदन दिनुपर्नेछ।

गाउँपालिकाले सूचना जारी गर्दै १८ वर्ष पूरा भई ५९ वर्ष ननाघेका बेरोजगार नागरिकहरूलाई आ–आफ्नो स्थायी बसोबास रहेको वडा कार्यालयमा निवेदन पेस गर्न अनुरोध गरेको छ। वडा कार्यालयबाट प्रमाणित भई आएका निवेदनहरूलाई मात्र ई.एम.आई.एस प्रणालीमा दर्ता गरिने कार्यालयले जनाएको छ।

सूचीकृत हुनका लागि नेपाल सरकारले तोकेको न्यूनतम पारिवारिक वार्षिक आयभन्दा कम आम्दानी भएको हुनुपर्ने प्रावधान छ। आवेदनका साथमा परिवारका सम्पूर्ण सदस्यहरूको विवरण, नागरिकताको प्रतिलिपि, पासपोर्ट साइजको फोटो र बैंक खाताको विवरण अनिवार्य पेस गर्नुपर्नेछ। साथै, बसाइसराइ वा विवाह दर्ता भएको खण्डमा त्यसको प्रमाणपत्र र अपाङ्गता भएमा परिचयपत्रको प्रतिलिपि समेत संलग्न गर्नुपर्ने सूचनामा उल्लेख छ।

निवेदनको ढाँचा सम्बन्धित वडा कार्यालयहरूबाट निःशुल्क प्राप्त गर्न सकिनेछ। यस कार्यक्रमले स्थानीय स्तरमा रहेका बेरोजगार जनशक्तिलाई रोजगारीको अवसरसँग जोड्न मद्दत पुग्ने विश्वास लिइएको छ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया