.

पहिरोमा पुरिएर श्रीमान–श्रीमती बेपत्ता, एकजनाको उद्धार

विराटनगर । जाजरकोटको बारेकोट गाउँपालिका–६ धुमामा पहिरोमा पुरिएर बारेकोट गाउँपालिका–६ की वडा सदस्य प्रेमकुमारी र उनका श्रीमान् मानबहादुर चलाउने बेपत्ता भएका छन् ।

वडाध्यक्ष डम्बरबहादुर महताराका अनुसार उनीहरूको खोजी भइरहेको बताइएको छ ।

चलाउनेकी छोरी ११ वर्षीया सम्झनाको भने घाइते अवस्थामा उद्धार गरी लिम्सास्थित अस्पताल पुर्‍याइएको वडाध्यक्ष महताराले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया